नेपाली लिपिमा आधारित डोमेन र ईमेललाई प्रवर्द्धन गर्न आज ‘यूए ह्याकाथन’ हुँदै

यस स्टोरीको अंश: बागलुङमा हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको सफल परीक्षण
techpana.com · 1 हप्ता अघि

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ को अवसर पारेर राजधानीमा आज 'यूए अडाप्टेसन एन्ड ह्याकाथन नेपाल २०२६: पायोनियरिङ यूए रेडी प्लेटफर्म' आज हुँदैछ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घको आयोजना तथा आईक्यान र युनेस्कोसँगको सहकार्यमा गौशालास्थित बेस्ट वेस्टर्न प्लस काठमाडौँ होटलमा यो कार्यक्रम आयोजना हुँदैछ । Universal Acceptance (UA) अर्थात् 'विश्वव्यापी सर्वस्वीकार्यता' दिवसको अवसरमा आयोजित कार्यक्रमले इन्टरनेटलाई सबैका लागि समावेशी र बहुभाषिक बनाउने उद्देश्य राखेको छ । आज बिहान उद्घाटन समारोहसँगै विभिन्न प्राविधिक सत्रहरू र ह्याकाथनका गतिविधिहरू अगाडि बढ्नेछन् । कार्यक्रममा सूचना प्रविधि क्षेत्रका विज्ञबिच कार्यपत्र प्रस्तुत हुने, प्राविधिक छलफल हुने र नेपाली भाषा तथा लिपिमा आधारित इन्टरनेट प्रणालीका चुनौती र अवसरबारे मन्थन हुने क्यान महासङ्घले जनाएको छ । महासङ्घका अनुसार यस कार्यक्रमको मुख्य प्राथमिकता नेपाली लगायत अन्य स्थानीय भाषाहरूमा सहजै ईमेल र वेबसाइटहरू सञ्चालन गर्न सकिने 'यूए-रेडी' डिजिटल प्लेटफर्महरूको विकास र प्रवर्द्धन गर्नु हो । हाल इन्टरनेटमा अङ्ग्रेजी भाषाको वर्चस्व रहेको अवस्थामा स्थानीय लिपिमा आधारित डोमेन नेम र ईमेल एड्रेसहरूलाई सबै प्रणालीले सहजै स्वीकार गर्ने वातावरण बनाउन यो अभियान महत्त्वपूर्ण हुने आयोजकको विश्वास छ । कार्यक्रममा एप्निक (APNIC), वर्ल्डलिङ्क, आईस्पान, सनवे कलेज, सफ्टवारिका कलेज लगायतका संस्थाहरूको सहयोग रहेको छ । भौतिक उपस्थितिका साथै अनलाइन (हाइब्रिड) माध्यमबाट पनि सहभागिता जनाउन सकिने यस कार्यक्रममा डेभलपर, विद्यार्थी र प्रविधि प्रेमीहरूको सहभागिता रहने छ । क्यान महासङ्घले यसअघि नै नेपालको पहिलो आईडीएन (Internationalized Domain Name) का रूपमा नेपाली लिपिमा आधारित आफ्नो आधिकारिक पोर्टल https://क्यान.संगठन सञ्चालनमा ल्याइसकेको छ । आजको ह्याकाथन मार्फत सहभागीहरूले यस्तै बहुभाषिक र समावेशी प्रविधि निर्माणका लागि नवीन डिजिटल समाधानहरू प्रस्तुत गर्नेछन् । पछिल्लो अध्यावधिक: जेठ २, २०८३ ९:२३

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू