रघुगङ्गामा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार

यस स्टोरीको अंश: रघुगङ्गा गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक लागू गर्‍यो
gorkhapatraonline.com · 1 हप्ता अघि

म्याग्दीको रघुगङ्गा गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित ‘हाम्रो रघुगङ्गा’ नामक पाठ्यपुस्तक तयार गरेको छ। चालु शैक्षिक सत्रदेखि कक्षा १ देखि ३ सम्म पठनपाठन हुने गरी तयार गरिएको यो पुस्तक पालिकाभित्रका ३३ सामुदायिक र एक संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पढाइने छ। गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेल तथा शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका प्रमुख विदुर चापागाईंले पुस्तक विमोचन गर्नुभयो। स्थानीय पाठ्यपुस्तकले विद्यार्थीलाई पालिकाभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, कला, स्थानीय सीप तथा प्रविधि, कृषि, पशुपालनलगायत विषयबारे जानकारी गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू