ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५ हजार ६ सय रुपैयाँले बढेर दुई लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य १७५ रुपैयाँले बढेर प्रतितोला ५०४० रुपैयाँमा कारोबार भईरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›