सरकार विधिको शासनभन्दा व्यक्तिको शासनतर्फ उन्मुख भयो: नैनसिंह महर

यस स्टोरीको अंश: नैनसिंह महरद्वारा सरकारमाथि व्यक्तिको शासनतर्फ उन्मुख भएको आरोप
www.onlinepana.com · 1 हप्ता अघि

नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकारका पछिल्ला गतिविधि लोकतान्त्रिक मूल्य, संवैधानिक मर्यादा र विधिको शासनविपरीत उन्मुख भएको आरोप लगाएका छन् । स्कुल अफ डेमोक्रेसीले काठमाडौंमा आयोजना गरेको ” लोकतन्त्रमा विधिको शासन ” बिषयक विमर्शमा महरले सरकारद्वारा गठन गरिएको सम्पत्ति छानबिन आयोगको कार्यादेश नै पूर्वाग्रही र चयनात्मक (Selective) प्रकृतिको देखिएको टिप्पणी गरे । उनले आयोगलाई निष्पक्ष अनुसन्धानको माध्यमभन्दा पनि सरकारसँग असहमति राख्न सक्ने व्यक्ति, राजनीतिक शक्ति वा आलोचकलाई लक्षित गर्दै ‘ठेगान लगाउने’ उपकरणका रूपमा प्रयोग गर्न खोजिएको आशंका व्यक्त गरे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू