एआईको बढ्दो प्रभाव : अवसरसँगै चुनौती पनि थपिँदै

यस स्टोरीको अंश: एन्थ्रोपिकले इटालीको मिलानमा नयाँ कार्यालय खोल्ने, युरोप विस्तार तीव्र
www.imagekhabar.com · 1 हप्ता अघि

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्दा यसले केवल सूचना दिने मात्र होइन, प्रयोगकर्ताका प्रश्नबाट आफैँ पनि सिक्दै जाने गरेको प्रविधि सम्बन्धीका अध्येता निकेश बलामीले बताएका छन् । मिडिया एड्भोकेसी ग्रुप (म्याग) र ‘टेवा’ को आयोजनामा बिहीबार ललितपुरमा आयोजित ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) : अवधारणा, चुनौती र अवसरहरु’ विषयक कार्यक्रममा प्रशिक्षक समेत रहेका बलामीले यस्ताे बताएका हुन् । प्रशिक्षक बलामीले हाल लेखन र अनुसन्धानमा विशेषगरी गुगल जिमिनी, च्याटजिपीटी, गुगल ट्रान्सलेसन/डीप एप, क्लड, गुगल नोटबुक एल. एम. प्रयोग हुँदै आएका जानकारी दिएका छन् । तर, एआईका कारण केही क्षेत्रमा रोजगारी घट्ने सम्भावना पनि बढेको छ । साथै नक्कली भिडियो, गलत सूचना फैलिने र पक्षपात हुने समस्या पनि देखिन थालेको बताइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू