संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा राजनीतिक दलका नेताहरुसँग छलफल
▸ यस स्टोरीको अंश: संविधान संशोधनका लागि बहसपत्र तयारी: राजनीतिक दलहरूसँग सुझाव सङ्कलन
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले संविधान संशोधन राष्ट्रिय बहस र सहमतिका आधारमा अघि बढाइने बताएका छन् । विभिन्न राजनीतिक दलका नेताहरूसँग सुझाव सङ्कलन गर्ने क्रममा संयोजक शाहले सरकारले एकलौटी रूपमा संविधान संशोधन गर्न नखोजेको र राष्ट्रिय सहमतिमा साझा बिन्दु पहिल्याउने सरकारको जोड रहेको बताए । छलफलमा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले शासकीय स्वरूप, निर्वाचन प्रणाली र प्रदेशको संरचनामा आ–आफ्नो सुझाव प्रस्तुत गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›