धादिङमा ५२ किलो अफिम र भरुवा बन्दुक बरामद

यस स्टोरीको अंश: धादिङमा ५२ किलो अफिम र तीन भरुवा बन्दुकसहित तीन जना पक्राउ
www.dcnepal.com · 1 हप्ता अघि

फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा अवैध लागुपदार्थ अफिम र हतियार बरामद गरेको छ। दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२, होवाङबाट ५१ किलो ९८० ग्राम शुद्ध अफिम बरामद गरिएको हो। अफिम र अवैध भरुवा बन्दुकसहित सोही ठाउँ बस्ने ३५ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू