पोखरामा नक्कली पेस्तोलसहित २ जना टोले गुण्डा पक्राउ
कास्की प्रहरीले पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । हतियार देखाई सर्वसाधारणलाई डरत्रास देखाएको भन्ने सूचनाका आधारमा बिहीबार साँझ करिब ७:३० बजे वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर गणेश पाण्डेले जानकारी दिए । प्रहरी टोलीले उनीहरूको डेरामा खानतलासी गर्दा नक्कली पेस्तोल एक थान, रडको स्लाइड स्टिक एक थान, पेस्तोल कभर एक थान र दुई थान नोक बरामद गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित