क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसले तोक्यो विशेष जिम्मेवारी
▸ यस स्टोरीको अंश: कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न प्रदेशगत जिम्मेवारी तोक्यो
नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत गतिमा अगाडि बढाउन पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई विशेष जिम्मेवारी तोकेको छ। पार्टीको १५ औँ महाधिवेशनका लागि नयाँ क्रियाशील सदस्यता वितरण तथा नवीकरण जेठ २१ गतेभित्र सम्पन्न गर्नुपर्ने निर्णय गरिएको छ। विभिन्न पार्टीबाट कांग्रेसमा समायोजन भएका व्यक्तिका हकमा सदस्यतासम्बन्धी समस्या समाधान गर्न सदस्यता व्यवस्थापन केन्द्रीय समितिका तर्फबाट जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय पनि गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›