छोरीले पाउने सुविधा गोदाममा थन्कियो
▸ यस स्टोरीको अंश: मधेश प्रदेशमा साइकल वितरण कार्यक्रम अलपत्र, विद्यार्थी गर्मीले पढ्न नसक्नेमधेश प्रदेश सरकारद्वारा छात्रा शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले सुरु गरिएको मुख्यमन्त्री ‘बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान अन्तर्गतको साइकल वितरण कार्यक्रम अलपत्र अवस्थामा छ । कार्यक्रम अन्तर्गत खरिद गरिएका साढे पाँच हजारभन्दा बढी साइकल विगत पाँच वर्षदेखि गोदाममै थन्किएका छन् । २०७८ असोज १३ गते साइकल खरिद प्रक्रियामा अनियमितता भएको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छापा मारेको थियो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›