अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
▸ यस स्टोरीको अंश: काठमाडौंमा एक महिने पुरुषोत्तम मास (मलमास) मेला सुरु
हिन्दु धर्मावलम्बीहरूका लागि विशेष धार्मिक महत्त्व बोकेको अधिक मास (मलमास) सुरु भएको छ। हरेक ३२ महिना १६ दिनपछि पर्ने यो महिना धार्मिक दृष्टिले अत्यन्त पुण्यदायी मानिने भएकाले देशभर मठ–मन्दिर, आश्रम तथा धार्मिक स्थलहरूमा पूजा–आराधना, कथा–प्रवचन र भजन–कीर्तनका कार्यक्रम बढ्ने गर्दछन्। यस बर्षकाे मलमास आज जेष्ठ ३ गते आइतबार देखि असार १ गते साेमबार सम्म रहेकाे छ। धर्मशास्त्रअनुसार चन्द्र पात्रोको एक वर्ष र सौर्य पात्रोको एक वर्षबिच करिब ११ दिनको अन्तर हुन्छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित