गणतन्त्रले सङ्घीय संरचनागत आधार बनायोः मुख्यमन्त्री कँडेल
▸ यस स्टोरीको अंश: प्रथम राष्ट्रपति यादव भन्छन्, गणतन्त्र जोगाउन शासन शैली सुधार्नुपर्छ
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गणतन्त्रले सङ्घीय संरचनागत आधार बनाएको बताएका छन् । उनले गणतन्त्र स्थापनाको १९ वर्ष बिते पनि संस्थागत रुपले अभ्यास गरेको १० वर्ष मात्र भएको र सङ्घीयताको कानूनी पाटोमा अपेक्षित प्रगति नहुँदा प्रदेश सरकारको प्रभावकारितामा समस्या आएको बताए । कँडेलले सङ्घीयतापछि समृद्धि, मानवीय विकास र सामाजिक क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको महसुस गराउन सकिने अवस्था रहे पनि राज्य सञ्चालनको तरिकाले जनतामा निराशा छाएको स्वीकार गरे ।
पूरा लेख पढ्नुहोस् (7 मिनेट) ›
सम्बन्धित