सुनचाँदीको मूल्य आज फेरि घट्याे

www.imagekhabar.com · 2 दिन अघि

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। सोमबार तोलामा एक हजार नौ सय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला एक हजार तीन सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। चाँदी सोमबार प्रतितोला पाँच हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियाे । चाँदी मंगलबार तोलामा पाँच हजार ६० रूपैयाँमा काराेबार भइरहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू