मदन-आश्रितको रहस्यमय निधनले देशलाई अपूरणीय क्षति पुग्यो : नेपाल
▸ यस स्टोरीको अंश: मदन–आश्रित स्मृति दिवस: ओली र नेपालद्वारा नेताद्वयको योगदानको स्मरण
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसरमा उनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । एक विज्ञप्ति जारी गर्दै नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका दुई प्रमुख व्यक्तित्वको रहस्यमय निधनले देशलाई अपूरणीय क्षति पुर्याएको बताएका छन् । जननेता मदन भण्डारीलाई नेपाली कम्युनिष्ट आन्दोलनको नवीन विचारक र सिद्धान्तकारका रूपमा चित्रण गर्दै उनले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ (जबज)ले नेपाली क्रान्तिलाई मौलिक दिशा दिएको उनले उल्लेख गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›