नयाँ शिक्षा ऐन ल्याउन र २० प्रतिशत बजेट शिक्षामा छुट्याउन माग
▸ यस स्टोरीको अंश: शिक्षामन्त्रीसँग ईयू राजदूतहरूको भेट: शिक्षा क्षेत्रमा सहकार्यबारे छलफल
नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले शिक्षा तथा खेलकुद मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै विद्यालय शिक्षा क्षेत्रका विभिन्न समस्याहरू तत्काल सम्बोधन गर्न माग गरेको छ। महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित पत्रमा नयाँ संविधान जारी भएको १० वर्ष बितिसक्दा पनि नयाँ शिक्षा ऐन आउन नसकेको प्रति गम्भीर असन्तुष्टि व्यक्त गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित