‘बाँदर समस्या समाधानमा अनुसन्धान आवश्यक’ : महावीर पुन
▸ यस स्टोरीको अंश: सांसदहरूले बाँदर आतंक नियन्त्रणका लागि अनुसन्धान र बजेट माग गरे
स्वतन्त्र सांसद महावीर पुनले बाँदर आतंक नियन्त्रणका विषयमा संसदमा उठाइने आवाज मात्र पर्याप्त नहुने भन्दै दीर्घकालीन वैज्ञानिक समाधान आवश्यक रहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बिहीबार आफ्नो भनाइ राख्दै उनले आफूले करिब सात वर्षअघि देखि नै यो समस्याबारे अध्ययन र समाधान खोज्ने प्रयास गर्दै आएको भए पनि ठोस नतिजा प्राप्त हुन नसकेको उल्लेख गरे। पुनका अनुसार बाँदरको समस्या समाधानका लागि राष्ट्रिय स्तरमा अनुसन्धान आवश्यक भए पनि यसतर्फ पर्याप्त ध्यान नपुगेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित