नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी

यस स्टोरीको अंश: नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित
baahrakhari.com · 1 हप्ता अघि

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित भएका छन् । गएराति सार्वजनिक अन्तिम मतपरिणामअनुसार केसी २१६ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सविन श्रेष्ठले १३२ मत प्राप्त गरे । निर्वाचनमा कुल ३५६ मत खसेको थियो । महिला उपाध्यक्षमा पूजना प्रधान १४४ मतसहित विजयी भएकी छन् । यस्तै उपाध्यक्षमा शिवहरि बैरागी १४६ मतसहित विजयी भएका छन् । महासचिवमा सुनील कटवाल १९५ मतसहित विजयी भए । सचिवमा गोपाल ढकाल २१४ मत प्राप्त गर्दै विजयी भएका छन् । कोषाध्यक्षमा तेजुला खतिवडा १४९ मतसहित विजयी हुँदा सहकोषाध्यक्ष पदमा पवन केसी १६१ मतसहित विजयी भएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू