‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’
▸ यस स्टोरीको अंश: काभ्रेका महाभारत र खानीखोला गाउँपालिकामा कफीखेती प्रोत्साहन: प्रतिबोट २० रुपैयाँ अनुदान
काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रमा पर्ने महाभारत र खानीखोला गाउँपालिकालाई ‘कफी–हब’का रुपमा विकसित गरिँदै आइएको छ। कृषकलाई आकर्षित एवं प्रोत्साहित गर्न ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ कार्यक्रमलाई निरन्तरता दिइएको छ। यस कार्यक्रमअन्तर्गत किसानले बिरुवा रोप्न खोल्डो खनेकोमा रु २० तथा प्रतिकिलो बिक्री दरमा गाउँपालिकाले रु ३५ सम्म अनुदान दिने गरिएको छ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›