विदेश भ्रमणका लागि पूर्वस्वीकृति अनिवार्य
▸ यस स्टोरीको अंश: सरकारले अत्यावश्यकबाहेक नयाँ सामग्री खरिदमा रोक लगायो, खर्च जोगाउन निर्देशन
सूचना तथा सञ्चार मन्त्रालयले अत्यावश्यकबाहेक आगामी तीन महिनासम्म कुनै पनि कर्मचारीलाई विदेश भ्रमणमा मनोनयन गर्दा पूर्वस्वीकृति लिन आफ्नो मातहतको कार्यालय तथा निकायलाई निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सबै मन्त्रालय/आयोग र सचिवालयलाई परिपत्र गरेर तीन महिनाका लागि कुनै पनि कर्मचारीको वैदेशिक भ्रमणमा मनोनयन नगर्न/नगराउन निर्देशन दिएको थियो । सञ्चार मन्त्रालयको प्रशासन तथा विकास सहायता समन्वय शाखाका अधिकृत विशाल भण्डारीले अत्यावश्यक भई वैदेशिक भ्रमणमा पठाउनुपर्ने भएमा मन्त्रालयमा परामर्श गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट पूर्वस्वीकृति लिन मातहतका निकायमा परिपत्र गर्नुभएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›