जेठ १५ गते अपराह्न ४ बजे नयाँ बजेट आउने: अर्थमन्त्री वाग्लेद्वारा संसद्‌मा देशको आर्थिक रूपरेखा पेस

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले संसद्मा आर्थिक सर्वेक्षण पेस गरे: अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान
www.enepalese.com · 1 दिन अघि

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट यही जेठ १५ गते शुक्रबार अपराह्न ४:०० बजे सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिने भएको छ । बजेट आउनुअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण संसद्‌मा पेस गरे । सर्वेक्षणअनुसार नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान छ, जसले नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण छ । विप्रेषण ३७.७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब पुगेको छ भने विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब रुपैयाँसहित ऐतिहासिक उचाइमा छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू