आर्थिक अनियमितता र असहयोगको आरोपमा रास्वपा बारा जिल्ला सभापति स्वर्णकार पार्टीबाट निष्काशित

यस स्टोरीको अंश: रास्वपाद्वारा बारा जिल्ला सभापति चन्दन स्वर्णकार पार्टीबाट निष्कासित
www.lokpath.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला सभापति चन्दन स्वर्णकारको साधारण सदस्यता खारेज गरेको छ । केन्द्रीय संगठन विभागले उनलाई पार्टीबाट निष्कासन गरेको हो । पार्टीभित्र आर्थिक अनियमितता, संगठन सञ्चालन प्रभावकारी नभएको तथा विपक्षी दलसँग सहकार्य गरेको जस्ता आरोप उनीमाथि लगाइएका थिए । बारा जिल्लाबाट निर्वाचित चार जना सांसदले उजुरी दिएपछि पार्टीले उनलाई पदबाट हटाउँदै बारा जिल्ला समिति नै भंग गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू