मध्यपूर्व तनाव चुलिँदै, इरानमाथि थप सन्यै कारबाही गर्ने ट्रम्पको चेतावनी

यस स्टोरीको अंश: ट्रम्पको इरानलाई चेतावनी: सम्झौता नगरे अस्तित्व खतरामा, सैन्य कारबाहीको सम्भावना
bizpati.com · 1 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्प ले इरानलाई कडा चेतावनी दिँदै छिटो निर्णय नगरे गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै’इरानले छिटो कदम नचाले त्यहाँ केही पनि बाँकी नरहने’ चेतावनी दिएका हुन् । सीएनएनका अनुसार डोनाल्ड जे. ट्रम्प ले शनिबार आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग भर्जिनियास्थित गल्फ क्लबमा आपतकालीन बैठक गरेका थिए । बैठकमा उपराष्ट्रपति जेम्स डेभिड (जेडी) भान्स, विदेशमन्त्री मार्को एन्टोनियो रुबियो, सीआईए निर्देशक जोन एलन र्याटक्लिफ तथा विशेष दूत स्टीभन चार्ल्स विटकोफ सहभागी थिए । डोनाल्ड जे. ट्रम्प हालै चीन भ्रमणबाट फर्किएका हुन् । भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए । रिपोर्टअनुसार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानका ऊर्जा तथा पूर्वाधार क्षेत्रमा लक्षित सैन्य आक्रमणका विस्तृत योजनाहरू तयार गरिसकेको छ । ट्रम्प प्रशासनले कूटनीतिक प्रयास असफल भएपछि इरानमाथि थप दबाब बढाउने रणनीति अघि बढाएको बताइएको छ । यसैबीच डोनाल्ड जे. ट्रम्प ले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहु सँग टेलिफोन संवाद गरेका छन् । मध्यपूर्वमा बढ्दो तनावबीच अमेरिका र इजरायलबीच सुरक्षा समन्वय अझ मजबुत भएको जनाइएको छ । उता इरानले भने अमेरिकी दबाबमा नझुक्ने संकेत दिएको छ । इरानी सञ्चारमाध्यमका अनुसार पाकिस्तानका गृहमन्त्री मोहसिन रजा नकवी ले इरानी राष्ट्रपति मसूद पेजेशकियान सहित शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन् । इरानी पक्षले अमेरिका र इजरायलमाथि क्षेत्रीय अस्थिरता बढाएको आरोप लगाउँदै, आफ्नो कूटनीतिक अडान कायम राखेको जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू