‘कान्स फिल्म फेस्टिभल’ मा नेपालको उपस्थिति गौरवपूर्ण

यस स्टोरीको अंश: कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले जित्यो जुरी अवार्ड, राष्ट्रकै गौरव
www.pardafas.com · 5 दिन अघि

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले यस वर्ष ‘कान्स फिल्म फेस्टिभल’मा नेपालको उपस्थिति नेपालीले गौरव गर्ने स्तरमा पुगेको बताउनुभएको छ । फेस्टिभलमा भाग लिएर स्वदेश फर्किएपछि आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले, फेस्टिभलमा अविनाशविक्रम शाहले निर्देशन गर्नुभएको नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू)’ले अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ प्राप्त गर्नुले नेपाली चलचित्र तथा रचनात्मक उद्योग र कला क्षेत्रको उचाइ अझ अग्लिएको उहाँले भन्नुभयो । फ्रान्सको कान्स नगरका प्रमुख डेभिड लिसनार्डको निमन्त्रणा गएको आइतबार फ्रान्स प्रस्थान गर्नुभएकी डङ्गोलले लिसनार्डलाई काठमाडौँ चलचित्र महोत्सवमा सहभागी हुन निमन्त्रणा दिनुभएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू