बाघको आक्रमणबाट नाबालकसहित चार घाइते
▸ यस स्टोरीको अंश: हुम्लाको डाँफे आधारभूत विद्यालय बाढीले बगाएपछि खुला चौरमा पठनपाठन
कञ्चनपुरमा बाघको आक्रमणबाट नाबालकसहित चार जना घाइते भएका छन् । मङ्गलबार साँझ महेन्द्रनगरबाट बेलडाँडीतर्फ जाँदै गरेको अवस्थामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत कालिकिच नजिकै बाघले आक्रमण गर्दा उनीहरू घाइते भएका हुन् । मोटरसाइकल चालक ठगुन्नाको दाहिने खुट्टा, दुवै हात तथा शरीरका विभिन्न भागमा चोट लागेको छ भने उनकी श्रीमती र छोराको टाउको, अनुहार र खुट्टामा चोट लागेको छ । भान्जी आरुसी साहुको टाउको, अनुहार र हातमा चोट लागेको छ भने अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›