मुगुमा जटिल शल्यक्रियामार्फत जुम्ल्याहा बच्चाको सफल जन्म
▸ यस स्टोरीको अंश: मनहरी गाउँपालिकाद्वारा ३३ लाख बढीका औषधि नष्ट
भौगोलिक रूपमा विकट र स्वास्थ्य सेवाका हिसाबले दुर्गम मानिएको हिमाली जिल्ला मुगुमा शल्यक्रिया मार्फत जुम्ल्याहा बच्चाको सफलतापूर्वक जन्म गराइएको छ। मुगुको मुगुम कार्मारोङ गाउँपालिका छाइला निवासी एक गर्भवतीले जिल्ला अस्पताल मुगुमा जुम्ल्याहा छोराहरूलाई जन्म दिएकी हुन्। ३७ हप्ता पूरा भइ प्रसूति व्यथा लागेपछि अस्पताल आएकी उनी व्यथा लम्बिएर उच्च रक्तचाप भएपछि सामान्य प्रक्रियाबाट प्रसूति हुन नसकेपछि शल्यक्रिया मार्फत बच्चा निकालिएको हो। अस्पतालमा कार्यरत चिकित्सक डा. अभिषेक मिश्रको नेतृत्वमा रहेको टोलीले यो जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित