कञ्चनपुरको बेलौरीमा मन्दिरको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाइँदै
▸ यस स्टोरीको अंश: बेलौरी नगरपालिकाले मन्दिरको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने
कञ्चनपुरको बेलौरी नगरपालिकाले धार्मिक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत भौतिक संरचनाहरू हटाउने भएको छ। नगरपालिकाले वडा नं. ६, रिच्छाहास्थित भुइँया मन्दिरको नाममा दर्ता स्रेस्ता कायम रहेको जग्गामा प्रचलित कानुन विपरीत व्यक्तिगत प्रयोजनका लागि बनाइएका संरचनाहरू हटाउन ७ दिने सार्वजनिक सूचना जारी गरेको हो। रिच्छाहा (साविक श्रीपुर गाविस-३) स्थित कित्ता नं. २४१ को मन्दिरको जग्गा स्थानीय केही व्यक्तिहरूले जबरजस्ती भोगचलन गर्दै भौतिक संरचना निर्माण गरिरहेको उजुरी परेपछि नगरपालिकाले कानुनी प्रक्रिया अघि बढाएको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित