अतिक्रमण हटेपछि चिटिक्क बन्दै सडकपेटी
▸ यस स्टोरीको अंश: नेपालगञ्ज उपमहानगरपालिकाले सुर्खेतरोडमा अतिक्रमण हटाएर सडकपेटी व्यवस्थित बनायो
नेपालगञ्ज उपमहानगरपालिकाले सहरको मुख्य सडक सुर्खेतरोडमा अतिक्रमण हटाएर सडक पेटीलाई व्यवस्थित बनाउने अभियान सुरु गरेसँगै सडकको मुहार फेरिएको छ । उपमहानगरपालिकाले सडकपेटी कब्जा गरेर बनाइएका अवैध संरचनालाई धमाधम हटाएर नयाँ स्वरूपमा फुटपाथ निर्माण गरिरहेको छ । अहिले गणेशमानचोकदेखि सुर्खेतरोडको पश्चिमतर्फ बीपीचोक हुँदै धम्बोझी चोकसम्मको क्षेत्रमा सडकपेटी निर्माण कार्य सम्पन्न भइसकेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›