तीन वटा सेवाकालीन नयाँ तालिम पाठ्यक्रम स्वीकृत
▸ यस स्टोरीको अंश: शैक्षिक जनशक्ति विकास परिषद्द्वारा तीन नयाँ सेवाकालीन तालिम पाठ्यक्रम स्वीकृत
शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक क्षेत्रको गुणात्मक सुधार र प्रशासनिक सक्षमता अभिवृद्धिका लागि तीन वटा महत्त्वपूर्ण नयाँ सेवाकालीन तालिम पाठ्यक्रमहरू स्वीकृत गरेको छ । मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठकले ‘शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम, २०८३’, ‘प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रम, २०८३’ र ‘राजपत्राङ्कित नेपाल शिक्षा सेवाका द्वितीय श्रेणी, तृतीय श्रेणी तथा प्राविधिक सहायक कर्मचारीहरूको सेवाकालीन तालिम पाठ्यक्रम, २०८३’ स्वीकृत गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›