विश्वविद्यालयदेखि खेलकुद र मानव संसाधन विकाससम्म एउटै मन्त्रालयमा केन्द्रित
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाले विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तनमा दाबी विरोध माग्योसरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई चुस्त बनाउने उद्देश्यसहित संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा सीमित गरेपछि नवगठित शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी व्यापक बनेको छ। यससँगै अब शिक्षा, प्राविधिक तालिम, खेलकुद तथा मानव संसाधन विकाससम्बन्धी अधिकांश कार्य एउटै मन्त्रालयअन्तर्गत रहने भएका छन्। सरकारले साविकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधिसम्बन्धी कार्य अलग गरी नयाँ विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरे पनि विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक शिक्षा र खेलकुद क्षेत्रको मुख्य जिम्मेवारी भने शिक्षा तथा खेलकुद मन्त्रालयमै केन्द्रित गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›