जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुने
▸ यस स्टोरीको अंश: आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते संघीय संसद्मा पेस हुने
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न संघीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४:०० बजे बस्ने भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४:०० बजे बस्ने संयुक्त बैठकका लागि ३:४५ बजे नै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गरेका हुन् । नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›