काठमाडौँ महानगरद्वारा एक हजार ४६६ शिक्षकलाई तालिम
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाले विद्यालय शिक्षा सुधारका लागि नयाँ कार्ययोजना ल्यायो
काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न एक हजार ४६६ शिक्षकलाई तालिम प्रदान गरेको छ । महानगरका शिक्षा अधिकारी नमराज ढकालले नगरपालिकाभित्रका सबै शिक्षकलाई क्षमता विकासको समान अवसर प्रदान गर्ने गरी तालिका, समय र विषय छनोट गरेर तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । सञ्चालन गरिएका तालिममा बाल विकास सहजकर्तातर्फ १२४ जना, मनोवैज्ञानिक र मनोसामाजिक परामर्शसम्बन्धी तालिममा १३४, नेपाल भाषा प्रशिक्षणमा सामुदायिक विद्यालयतर्फ १६४ र संस्थागततर्फ ११६ जना रहेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित