क्रोएसियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन सरकारसँग राईको आग्रह
▸ यस स्टोरीको अंश: इरानी राष्ट्रपति पेजेस्कियनद्वारा मुस्लिम राष्ट्रबीच एकता र सहयोगको आह्वान
नेपाली कांग्रेसका सांसद् निश्कल राईले क्रोएसियामा सडक दुर्घटनामा ज्यान गुमाएका दुई नेपालीको शव २३ दिन बितिसक्दा पनि नेपाल ल्याउन नसकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। मे ६ मा क्रोएसियामा भएको सडक दुर्घटनामा इलामको सन्दकपुर गाउँपालिका–१ निवासी उमेशकुमार फागो र नुवाकोटका देव गुरुङको निधन भएको थियो। पीडित परिवारले आवश्यक कागजी प्रक्रिया पूरा गर्दा पनि दूतावासबाट सहजीकरण नभएको गुनासो आएको उनले बताए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›