बाँदरको आतंक समाधानको उपाय संसारमै छैन : महावीर पुन
▸ यस स्टोरीको अंश: सांसदहरूले बाँदर आतंक नियन्त्रणका लागि अनुसन्धान र बजेट माग गरे
सांसद महावीर पुनले बाँदरको आतंकको समाधान अहिले संसारमै नभएको दाबि गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद पुनले आफूले ७ वर्ष अघि देखि नै यस विषयमा काम गर्न खोजेको र यसको समाधान फेला नपारेको बताए । उनले रकेट बनाउने प्रविधि भए पनि बाँदर आतंक कम गर्ने कुनै प्रविधि संसारमै नभएको दाबि गरे । उनले बाँदरको नियन्त्रणको उपाय पत्ता लगाउन अनुसन्धान गर्नुपर्ने बताउदै यसका लागि सरकारसँग बजेट छुट्याउन समेत माग गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित