मापसेबाट वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

यस स्टोरीको अंश: वैशाख महिनामा मापसेका कारण १२४ सवारी दुर्घटना, १२ को मृत्यु र १७४ घाइते
www.pardafas.com · 3 दिन अघि

गत वैशाख महिनामा देशभर मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १७४ जना घाइते भएका छन् । काठमाडौँ उपत्यकाभित्र मात्रै ३७ वटा सवारी दुर्घटनामा दुई जनाको मृत्यु र ५० जना घाइते भएका छन् । प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले मापसेका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको बताउँदै ट्राफिक नियमको पालना गर्न आग्रह गरे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू