परीक्षणसम्बन्धी नयाँ नियमले चिया निर्यात ठप्प
▸ यस स्टोरीको अंश: भारतको नयाँ प्रयोगशाला परीक्षण नियमले नेपाली चिया निर्यात ठप्प
भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण अनिवार्य गर्ने नयाँ नियम लागु गरेपछि विगत दुई सातादेखि नेपाली चियाको निर्यात पूर्णरूपमा ठप्प भएको छ । नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले गत वैशाख १८ गतेदेखि लागु हुने गरी नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर (एसओपी)’ जारी गरेको हो । यस नयाँ प्रावधानले नेपाली निर्यातकर्ताका लागि प्रशासनिक र आर्थिक झञ्झट थपेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›