ठगीको अभियोगमा छ जना पक्राउ
▸ यस स्टोरीको अंश: वैदेशिक रोजगारी ठगीको अभियोगमा छ जना पक्राउ, ९७ लाखभन्दा बढी ठगिएको दाबी
वैदेशिक रोजगारीका नाममा रु ९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना पक्राउ परेका छन् । अभियुक्तमध्ये रामबहादुरले क्यानडा पठाउने भन्दै चार जनाबाट रु ३९ लाख ५८ हजार, आशिषले न्युजिल्याण्डको प्रलोभनमा पारेर तीन जनाबाट रु १३ लाख, लोकबहादुरले बेलायतमा राम्रो कमाइ हुन्छ भन्दै एक जनाबाट रु १९ लाख, तुलसाले अमेरिका पठाउने भनेर एक जना पीडितबाट रु १० लाख, कृष्णप्रसादले दुबइको लोभ दोखाएर एक जनाबाट रु १० लाख र प्रवीणले सर्बिया पठाइदिन्छु भन्दै एक जनाबाट रु छ लाख ठगेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›