दुई तिहाइको सरकार मानवताप्रति कति निर्दयी हुँदो रहेछ !- नेकपा सांसद सुनार
▸ यस स्टोरीको अंश: सांसद सुनारले सुकुम्बासी संरक्षणमा सरकारको आलोचना गरे, मिश्रले न्यायपालिका विवादबारे बोले
नेकपा सांसद भवन बहादुर सुनारले सुकुम्वासी बस्तीबाट हटाएका नागरिकको संरक्षणमा सरकार अनुदार रहेको आरोप लगाएका छन् । मंगलवार बसेको राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उनले सुकुम्वासीमाथि भइरहेको सरकारी व्यवहारप्रति असन्तुष्टि जनाउँदै राज्यको मानवीय संवेदनामाथि प्रश्न उठाएका हुन् । उनले सेल्टरको नाममा विस्थापित गरिएका वृद्ध, गर्भवती, सुत्केरी, बालबालिका र बिरामीहरूको कारुणिक अवस्था देख्दा पनि राज्य निष्ठुर बनेको टिप्पणी गरे । नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले सर्वोच्च अदालतमा पछिल्लो समय देखिएको विवादले कानुनी र न्यायिक क्षेत्रमा नकारात्मक असर पर्ने देखिएको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित