मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

यस स्टोरीको अंश: मर्दी हिमाल पदयात्राका क्रममा एक पर्यटक बेपत्ता, खोजी जारी
www.dcnepal.com · 1 हप्ता अघि

कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल पदयात्राका क्रममा एक जना स्वदेशी पर्यटक बेपत्ता भएका छन्। काठमाडौंको सङ्घाराम बुद्धविहारका भिक्षु धामिसरो मर्दी पदयात्राका क्रममा यही वैशाख ३० गते दिउँसो २ः०० बजेदेखि सम्पर्कविहीन भएको माछापुच्छ्रे–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र)ले जानकारी दिए। समुद्री सतहबाट चार हजार २०० मिटर उचाइमा अवस्थित मर्दीको भ्यूप्वाइन्टस्थित ‘टीसप’मा आफ्नो झोला राखेर ‘केहीबेर वरिपरिको दृश्यावलोकनका लागि जान्छु भन्दै’ निस्किनुभएका धामिसरो साँझसम्म नफर्किएपछि मर्दी हिमाल ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङको नेतृत्वमा स्थानीय पर्यटन व्यवसायीले बिहीबार विहानदेखि नै खोजी सुरु गरेका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू