मुस्ताङका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु
मुस्ताङ जिल्लाका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा औषधीय गुण भएको बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम र लोमान्थाङको कार्यक्षेत्रमा पर्ने उच्च लेकहरूमा धमाधम यार्सा सङ्कलन भइरहेको छ ।
5 समाचार
·
12 घण्टा अघि
छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदै, पर्यटक सहजतामा जोड
मुस्ताङको छुसाङ–पाताङ्ग्या पदमार्गको स्तरोन्नति कार्य भइरहेको छ। उपल्लो मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटकको पदयात्रालाई सहज बनाउने उद्देश्यले राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समितिहरूमार्फत यो कार्य सुरु गरेको हो। पदमार्गको मर्मत तथा स्तरोन्नति कार्य दुई साताभित्र सम्पन्न हुने अनुमान छ।
10 समाचार
·
4 दिन अघि
मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु, चोरी शिकारी नियन्त्रणमा जोड
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका दुर्गम क्षेत्रमा वन गस्तीका लागि पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ड्रोन प्रविधिको प्रयोग सुरु गरेको छ। यो प्रविधिले वन तथा वन्यजन्तुको संरक्षण, चोरी शिकारी नियन्त्रण र अवैध गतिविधि रोक्न सहयोग पुग्ने बताइएको छ।
13 समाचार
·
6 दिन अघि
मुस्ताङमा एआई ड्रोनद्वारा वन गस्ती सुरु, यार्सागुम्बा सङ्कलनको अनुगमन
मुस्ताङमा पहिलोपटक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधियुक्त ड्रोन प्रयोग गरेर वन गस्ती सुरु गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत इलाका संरक्षण कार्यालय जोमसोमले कठिन भूगोल र दुर्गम क्षेत्रमा प्रभावकारी अनुगमन गर्न यो प्रविधि प्रयोगमा ल्याएको हो । यसले संरक्षित वन, वन्यजन्तुको संरक्षण, चोरी सिकारी नियन्त्रण र यार्सागुम्बा सङ्कलकबाट हुनसक्ने अवाञ्छित गतिविधि रोक्न सहयोग पुग्नेछ ।
3 समाचार
·
6 दिन अघि
मुस्ताङमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा एआई ड्रोन प्रविधिबाट वन गस्ती सुरु
मुस्ताङमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय जोमसोमले पहिलोपटक एआई ड्रोन प्रविधि प्रयोग गरी वन गस्ती सुरु गरेको छ। यो प्रविधि कठिन भूगोल र कम मानव वस्ती भएका स्थानमा वन अनुगमन, संरक्षित वन तथा वनपैदावारको संरक्षण, वन्यजन्तुको चोरी शिकारी नियन्त्रण र यार्सागुम्बा संकलन सिजनमा हुने अवाञ्छित गतिविधि रोक्नका लागि प्रयोग गरिएको हो।
15 समाचार
·
6 दिन अघि