एकल भेट नहुने भएपछि ‘टीम युरोप’ नै प्रधानमन्त्री भेट्न काठमाडौँमा
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहसँग युरोपेली संघका २३ देशका राजदूतको सामूहिक भेटवार्ता
नेपालमा नियोग रहेका र दिल्लीबाट नेपाल हेर्ने सहित २२ युरोपेली देशका राजदूत तथा नियोग उपप्रमुखहरूको उच्चस्तरीय प्रतिनिधिमण्डल सोमबार काठमाडौँमा एकसाथ भेला भएर परराष्ट्र मन्त्रीसँग भेटवार्ता गरेका छन् । नेपालबाहिर रहेकाहरु सोमबार नै काठमाडौँ और्लेका हुन् । उनीहरूको समन्वय नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले गरेकी छन् । वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएपछि युरोपेली साझेदारहरूका तर्फबाट भएको यो पहिलो ठूलो सामूहिक भ्रमण हो । भ्रमणको मुख्य उद्देश्य नयाँ सरकारसँगको सहकार्यलाई थप विस्तार गर्नु, नेपाल-ईयू सम्बन्धलाई अझ सुदृढ बनाउनु र व्यापार, लगानी, जलवायु परिवर्तन, शिक्षा तथा डिजिटलाइजेसन जस्ता क्षेत्रमा नयाँ सहकार्यका अवसरहरू खोज्नु रहेको जनाइएकाे छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›