प्रधानमन्त्रीले भोलि इयु आबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेनले युरोपेली संघका राजदूतहरूसँग द्विपक्षीय सम्बन्ध र सहकार्यबारे छलफल गरे
www.setopati.com · 2 दिन अघि

प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली संघ (इयु) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री शाहले मंगलबार बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूसँग भेट र संवाद गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल हुनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू