प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको नाम सर्वसम्मत अनुमोदन

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सर्वसम्मत अनुमोदन
nepalnews.com · 1 हप्ता अघि

प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ। सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको हो। समिति सभापति बोधनारायण श्रेष्ठले शर्माको नाम सर्वसम्मत अनुमोदन भएको जानकारी दिए। सुनुवाइ समितिसमक्ष शर्माले आफ्नो कार्ययोजना सुनाएका थिए। उनले न्यायिक काम-कारबाही चुस्त-दुरुस्त बनाउने बताए। उनले न्यायलयलाई स्वच्छ, निष्पक्ष, जवाफदेही बनाउने बताएका छन्। सांसदहरूले राखेको प्रश्नको जवाफ शर्माले दिएका छन्। प्रश्नको जवाफपछि र शर्मालाई सुनुवाइ समितिले अनुमोदन गरेको हो। शर्माको आजै शपथग्रहणको तयारी छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू