कंगोको पूर्वी भागमा इबोलाको प्रकोप, ६५ जनाको मृत्यु

यस स्टोरीको अंश: कर्णालीका मुख्यमन्त्री कँडेलले बीमालाई विपद्को साथी बनाउन आग्रह
baahrakhari.com · 2 हप्ता अघि

अफ्रीकाको सर्वोच्च स्वास्थ्य निकायले प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)को पूर्वी इटुरी प्रान्तमा इबोला प्रकोपको घोषणा गरेको छ । अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार, मुख्यतया सुनखानी रहेका सहरहरू मोंगवालु र र्वाम्पारामा करिब २४६ संक्रमणका घटना तथा ६५ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ । इबोला भाइरस पहिलोपटक सन् १९७६ मा हालको प्रजातान्त्रिक गणतन्त्र कंगोमा फेला परेको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू