नयाँ सहकारी दर्ता रोक्न र बहुशाखा बन्द गर्न आयोगको सिफारिस
▸ यस स्टोरीको अंश: आयोगको नयाँ सहकारी दर्ता रोक्ने र बहुशाखा बन्द गर्ने सिफारिस
सहकारी क्षेत्रको बेथिति छानबिनका लागि गठित आयोगले नयाँ सहकारी दर्ता तत्काल रोक्न तथा एकभन्दा बढी शाखा सञ्चालनमा रहेका सहकारीहरू बन्द गराउन सुझाव दिएको छ । आयोगका अनुसार सहकारी नियमनका लागि स्पष्ट संस्थागत संरचना स्थापित नभएसम्म संघ, प्रदेश र स्थानीय तह सबै स्तरमा नयाँ सहकारी दर्ता प्रक्रिया स्थगन गर्नुपर्ने आवश्यकता देखिएको छ । साथै, सेवा केन्द्र वा शाखा विस्तारमा पनि रोक लगाउनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›