कांग्रेसमा अब ‘खल्तीबाट टिकट’ अन्त्य हुने? गगन थापाको प्राथमिक निर्वाचन योजना के हो?

यस स्टोरीको अंश: नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका छुटेका नेताहरूलाई समेट्ने प्रस्ताव
pradeskhabar.com · 1 हप्ता अघि

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्राथमिक निर्वाचनमार्फत स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार तय गर्ने घोषणा गरेका छन् । प्रजातान्त्रिक विचार समाजले ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ शीर्षकमा आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उम्मेदवार चयनको विधि र मापदण्ड तय गरिने बताएका हुन् । उनले सम्बन्धित कार्यसमितिलाई उम्मेदवार चयन गर्ने अधिकार सुनिश्चित गरिने बताए । उनले भने, “उपसभापति पुष्पा भुसाल नेतृत्वको इलेक्सन ब्युरोमार्फत हामी पहिलो पटक प्राइमरी निर्वाचन गरेर पारदर्शी ढङ्गले उम्मेदवार छान्दैछौँ । अब काठमाडौँ महानगरको प्रमुख को हुने भन्ने कुरा पार्टी सभापतिले खल्तीबाट झिकेर तोक्न नपाउने व्यवस्था गरिनेछ । यसको एउटा प्रक्रिया हुन्छ ।” सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको नीति तथा अनुसन्धान प्रतिष्ठानले ऊर्जा, शिक्षा, स्वास्थ्य, कानुन, व्यापारलगायत विषयमा संवाद अघि बढाएर विस्तृत अवधारणा बनाउने तयारी गरिरहेको बताए ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू