छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव जेठ १७ देखि काठमाडौंमा
▸ यस स्टोरीको अंश: छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव जेठ १७ देखि काठमाडौंमा आयोजना हुँदै
आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा ‘छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव – २०८३’ जेठ १७ गतेदेखि काठमाडौंस्थित चलचित्र विकास बोर्डमा शुरु हुने भएको छ । महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, र वृत्तचित्रहरू प्रदर्शन गरिनेछन् । महोत्सवले सांस्कृतिक न्याय, आत्म–प्रतिनिधित्व, भाषिक पुनर्जागरण र औपनिवेशिकता विरुद्धको प्रतिरोध एवं सिनेमाटिक आन्दोलनलाई उजागर गर्ने उद्देश्य राखेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›