स्मार्ट सेल सम्पत्ति लिलामी प्रकरणमा इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पक्राउ
▸ यस स्टोरीको अंश: वैदेशिक रोजगारी ठगीमा संलग्न दुई पक्राउ, २६ लाख ठगेको आरोपनेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्युरो ले बुधबार सिन्धुलीबाट पक्राउ गरेको छ । स्मार्ट टेलिकम प्रालि (स्मार्ट सेल) को सम्पत्ति गैरकानुनी रूपमा लिलाम गरेको र बिक्रीबाट प्राप्त रकममध्ये करिब ४० करोड रुपैयाँ बराबरको घरबहाल कर तथा विद्युत् महसुल नतिरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो । स्मार्ट सेलले लाइसेन्स नवीकरण शुल्क तथा अन्य बक्यौता नतिरेपछि नेपाल दूरसञ्चार प्राधिकरण ले २०८० वैशाखमा कम्पनीको लाइसेन्स खारेज गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›