बरियारपट्टि छोटी भन्सार सञ्चालनको मागमा आन्दोलन
▸ यस स्टोरीको अंश: कालीमाटी बजार विकास समितिले तरकारी र माछाको थोक मूल्य निर्धारण गर्यो
सिरहाको बरियारपट्टि छोटी भन्सार खारेज भएपछि स्थानीयवासी निरन्तर आन्दोलनमा उत्रिएका छन्। भन्सार पुनः सञ्चालन नभएसम्म आन्दोलन जारी रहने संघर्ष समितिले जनाएको छ। भन्सारका कर्मचारीलाई अन्यत्र सरिएपछि स्थानीयवासी आन्दोलित बनेका हुन्। भन्सारको स्तरोन्नति हुने अपेक्षा गरिएका बेला खारेजीको निर्णयले स्थानीय जनजीवनमा प्रतिकूल असर परेको छ। आन्दोलनकारीले छोटी भन्सार पुनः सञ्चालनका लागि मन्त्रिपरिषद्को निर्णय गरी राजपत्रमा सूचना प्रकाशित गर्नुपर्ने माग गरेका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›