काभा महिला भलिबल : निरुताको कप्तानीमा नेपाली टोलीको घोषणा
▸ यस स्टोरीको अंश: निरुता ठगुन्ना नेपाली महिला भलिबल टोलीको नयाँ कप्तान नियुक्त
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डहल कोर्टमा जेठ ८ देखि १५ गतेसम्म हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली खेलाडी टोलीको घोषणा भएको छ । नेपाल भलिबल सङ्घको आयोजनामा हुने च्याम्पियनसिपका लागि निरुता ठगुन्नको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा भएको हो । मुख्य प्रशिक्षकमा जगदीश भट्टले बन्द प्रशिक्षणमा रहेका खेलाडीमध्ये प्रदर्शनका आधारमा अन्तिम टोलीको नाम सार्वजनिक गर्नुभएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›