सशस्त्र प्रहरीद्धारा रूखमा अड्किएका व्यक्तिको उद्धार
▸ यस स्टोरीको अंश: सशस्त्र प्रहरीले कैलालीमा रूखमा अड्किएका ७३ वर्षीय व्यक्तिको सकुशल उद्धार गर्यो
सशस्त्र प्रहरीले कैलालीको गोदावरी नगरपालिका–११ ओलानीमा रूखमा अड्किएका एक जनाको आज सकुशल उद्धार गरेको छ । सोही नगरपालिका बस्ने ७३ वर्षीय लालबहादुर सुनार घर नजिकै रहेको रूखमा स्याउला काट्न रूखमा चढेकामा उक्त रूखबाट तल झर्न नसकी रूखमा नै अड्किएका थिए । उनी रूखमा अड्किएको सूचना प्राप्त भएपश्चात् सशस्त्र प्रहरी नं ७ वैद्यनाथ वाहिनीबाट खटिएको तालिम प्राप्त टोलीले सकुशल उद्धार गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›